विराटनगर। विराटनगरको कोशी कोभिड अस्पतालमा शुक्रबार विहान एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका प्रमुख डा. दिपक सिग्देलका अनुसार विराटनगर १४ जतुवाकी संक्रमित महिलाको मृत्यु भएको हो ।
असोज ५ गते कोरोना संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएकी ७२ वर्षीया बृद्धाको उपचारको क्रममा मृत्यु भएको हो । महिलामा स्वासप्रश्वासको समस्या हुनुको साथै मिर्गौलामा पनि समस्या रहेको डा.सिग्देलले जानकारी दिनुभयो ।

