धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता प्रा.डा.निदेश सापकोटाले राजीनामा दिनुभएको छ ।

डा.सापकोटाले कार्यब्यस्ताको कारण देखाउँदै नियुक्त भएको चार महिनामै राजीनामा दिनुभएको हो ।

डा.सापकोटा मानसिक रोग विभागका प्राध्यापक हुन् । डा. सापकोटाले पदबाट आफूले राजीनामा दिएको जानकारी सहितको इमेल प्रतिष्ठानका विभागीय प्रमुखहरु सहित सिनियर चिकित्सकहरूलाई पनि पठाएका छन् । असोज १५ गते देखि लागु हुनेगरी प्रतिष्ठानको प्रवक्ताबाट राजीनामा दिएको सापकोटाले बताउनुभयो ।

पछिल्लो समय ओपिडी सेवा पनि सुचारु भएपछि कार्यब्यस्ताको कारण राजीनामा दिएको डा. सापकोटाको भनाइ छ । डा.सापकोटा जेठ ८ गते प्रतिष्ठानको प्रवक्तामा नियुक्त हुनुभएको थियो ।

राजीनामा दिनुको कारण कार्यव्यस्तता बताएपनि उपकुलपति र उनको सचिवालयको कार्यशैलीसँग सापकोटा असन्तुष्ट रहेका थिए । त्यहि भएर उनले राजीनामा दिएकोप्रतिष्ठान स्रोतले जनाएको छ ।