कोभिड अस्पतालमा संक्रमितको प्रसुति शल्यक्रिया

धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा झापाकी कोरोना संक्रमित गर्भवती महिलाले शिशु जन्माएकी छन् ।

भापाकी २९ वर्षीय गर्भवती महिलाको प्रसुति शल्यक्रिया गरिएको अस्पतालका डा. मनोजकुमार शाहले जानकारी दिनुभयो ।

संक्रमित गर्भवतीलाई प्रतिष्ठानमा असोज १४ गते भर्ना गरिएको थियो । अहिले आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका डा.मनोजकुमार शाह, डा.अस्मिता पाठक, एनेस्थेसियाका विभागका डा.जगदप्रसाद, डा.सहज पौडेल र नर्स गोमाको टिमले प्रसुति शल्यक्रिया गरेको थियो । प्रतिष्ठानको कोभिड अस्पतालमा संक्रमित महिलाले बच्चा जन्माएको यो दोस्रो हो ।

यसअघि संक्रमित गर्भवती महिलाले नर्मल डेलिभरीमार्फत बच्चा जन्माएकी थिइन् ।

शुक्रबार, १६ असोज, २०७७, बिहानको ११:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर