लोड हुँदैछ...

मेनु

कोरोनाबाट नेपालमा पहिलो पटक डाक्टरको मृत्यु

कोरोनाबाट नेपालमा पहिलो पटक डाक्टरको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा पहिलो पटक डाक्टरको मृत्यु भएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिफ कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको बिहीबार मृत्यु भएको हो।

भेरी अस्पतालमा दरबन्दी रहेर सुर्खेतस्थित प्रादेशिक अस्पतालमा कार्यरत बाँकेको खजुरा ३ घर भएका ५९ वर्षीय डा.सापकोटाको बिहीबार दिउँसो ३ बजेर १० मिनेटमा मृत्यु भएको हो । सापकोटा मधुमेहका बिरामी थिए। उनलाई १४ दिनअघि कोरोना पुष्टि भएपछि उनलाई भेरी अस्पताल बाँकेको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो।

डा. सापकोटालाई बचाउन नेपालमा उपलब्ध प्लाज्मा थेरापी, रेमडिसिभिरसहितको उपचार विधि चलाइएको थियो । तर, यी उपचार विधिबाट पनि उनलाई बचाउन नसकेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.रविन खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।