धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका १ कटहरेस्थित आफ्नै घरमा मृत भेटिएकी १२ वर्षीया बालिका मिना राईको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक दर्जन बढि स्थानीय युवाहरुलाई पक्राउ गरेको छ ।
आफ्नै घरको कोठामा बालिका राईको टाउकोमा चोट रहेको र घाँटीमा रुमाल तथा टिसर्ट बेरिएको अवस्थामा शव पाइएको थियो ।
प्रहरीले घटना अनुसन्धानका लागि संघीय प्रहरी इकाईबाट तालिम प्राप्त कुकुरसहित टोली परिचालन गरेको छध । घटनास्थलमा लगिएको तालिमप्राप्त कुकुर हत्या भएको घरबाट सुँघ्दै १ ५० मिटर परको एउटा घरमा पसेको थियो । सो घरका किशोरलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनका अन्य साथीहरु पनि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पान्डब राजवंशीले जानकारी दिनुभयो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय चक्रघटी, चतरा प्रहरी चौकीका प्रहरी र स्थानीय जनप्रतिनिधिहरु पुगेका थिए । प्रहरीका अ नुसार शुक्रबार राति छिमेकीमा धामी बसेको हेर्न आमाबुवासहित गएकी बालिका पहिले नै घर फर्किएकी थिईन् । धामी हेरेर अबेर बाबुआमा फर्किँदा बालिका घरमै मृत अवश्थामा फेला परेकी थिईन् ।
घटनास्थल वरपर वियरका बोत्तलहरु भेटिएको छ । त्यसमध्ये एउटा बोत्तल फुटेको अवस्थामा भेटिएको र शवको अवश्था हेर्दा हत्या भएको देखिने प्रहरीले जनाएको छ ।

