लोड हुँदैछ...

मेनु

हाटखोलामा पोखरी फुट्यो, माछा टिप्नेको घुँइचो

हाटखोलामा पोखरी फुट्यो, माछा टिप्नेको घुँइचो

विराटनगर । अविरल वर्षाका कारण माछा पालेको पोखरी भरिएन थालेका छन् । विराटनगरको हाटखोला स्थित फन एण्ड फुड भिलेज रिसोर्ट नजिकैको पोखरी भरिएर पानी बस्तिमा बग्दा पोखरीको माछासमेत बगेको छ ।

पोखरीबाट माछा बगेपछि बिहीबार र शुक्रबार दिनभर सयौं स्थानीयले माछा टिपेका छन् । बिहीबार दूई सय किलो भन्दा बढी माछा टिपेको स्थानीयबासी राजु दाहालले जानकारी दिनुभएको छ । शुक्रबार पनि दिनभर मानिसहरु घरघरबाट झुलसहित माछा टिप्न भेला भएका थिए । निरन्तरको वर्षाले व्यवसायिक माछा पालन गरेका कतिपय किसानले ठूलो नोक्सानी व्यहोर्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।