विर्तामोड । झापामा कोरोना सङ्क्रमणका कारण एक ७७ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको छ ।
झापाको झापा गाउँपालिका –६ का वृद्धको तीन दिनअघि स्वाब संकलन गरी परीक्षण गर्दा कोरानो देखिएको थियो ।
श्वासप्रश्वाससम्बन्धी विरामी रहेका उनको बुधबार राति घरमै मृत्यु भएकोमा बिहिबार बिहान मात्र पोजेटिभ रिपोर्ट आएको हो । उनको शव स्थानीय रानी सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले व्यवस्थापन गरेको झापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले जानकारी दिनुभयो ।
बृद्धका छोरा झापाको बिर्तामोडबाट गत भदौ २४ गते बुवा भेट्न आएका थिए । उनलाई असोज ३ गते आएको कोरोना सङ्क्रमण पुष्टि भएको थियो । छोरासँग भेट भएपछि ज्वरो र रुघाखोकीको लक्षण देखिएका बृद्धको मृत्यु भएको हो ।