विराटनगर । प्रदेश १ मा बुधबार ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ११ महिला र १३ पुरुष, पथरीशनिश्चरेमा ३ महिला र ३ पुरुष, जहदामा ३ महिला र ३ पुरुष, सुन्दरहरैचामा १ महिला र २ पुरुष, ग्रामथान, कटहरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
उता सुनसरीको इटहरीमा २४ महिला र ७ पुरुष, दुहवीमा २ महिला र २ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको गौरादहका १ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, पाँचथरको फालेलुङमा २ पुरुष, ताप्लेजुङमा १ पुरुष, ते¥हथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ९५० पुगेको छ ।
प्रदेशबाट बुधबार २७ जना डिस्चार्ज भएका छन् । मारवाडी सेवा सदन आईसोलेसन विराटनगरबाट १३ जना, मेची अस्पताल, झापाबाट ७ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ५ जना, कालिसदन आईसोलेसन विराटनगर र कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट १–१ जना डिस्चार्ज भएका छन् । योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६१९ पुगेको छ ।
प्रदेश १ मा बुधबार ८ सय ८ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म १ लाख १८ हजार ६९६ जनाको पीसीआर परीक्षण गरिएका मन्त्रालयले जनाएको छ ।