विराटनगर । चाडपर्वको समयमा बजारमा उपभोक्ता ठगिन सक्ने तर्फ सचेत रहँदै अनुगमनलाई चुस्त बनाउन सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले निर्देशन दिनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङमा कार्यालय प्रमुखसहित उपभोक्ता हित सम्वन्धी विभिन्न संघसंस्थाका प्रतिनिधिसमेको उपस्थितिमा भएको छलफल कार्यक्रमले बजार अनुगमन कार्यलाई तिब्र बनाउने निर्णय गरेको छ ।
बजारमा उपभोक्तामाथि ठगी हुनसक्ने, कालोबजारी हुन सक्ने तर्फ ध्यान दिन र पसलहरुमा बिलबिजक दुरुस्त भएनभएको हेर्न पनि प्रमुख जिल्ला अधिकारीले निर्देशन दिनुभएको छ । छलफलमा उपभोक्ताले ठगि भएको महशुस गरेमा तत्काल खवर गर्न तथा उजुरी गर्न प्रमुख जिल्ला अधिकारी निरौलाले आग्रह गर्नुभएको छ ।
छलफलमा उपभोक्तामाथि ठगी भएमा घटनामा सुन्य सहनशिलता अपनाउन र कानून बमोजिम कारवाही गर्न पब्लिक फोरम का अध्यक्ष उत्तम ढुङेलले सुझाव दिनुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष खड्काले उपभोक्ता ठगिएको उजुरी आए तत्काल पक्राउ गरी कारवाही गर्ने बताउनुभएको थियो । छलफलमा बाणिज्य कार्यालय, खाद्या प्रविधि तथा गुणा नियन्त्रण कार्यालय, औषधि व्यवस्था विभाग, आन्तरिक राजश्व कार्यालय, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, उपभोक्ता मञ्चका प्रतिनिधिहरु आदिको सहभागिता थियो ।