विराटनगर । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । झापा र सुनसरीबाट उपचारका लागि प्रतिष्ठानमा पुगेका दुई जनाको मृत्यु भएको हो ।
झापा मेचीनगर नगरपालिका ८ की ७२ वर्षे महिलाको आइतबार राती ८ बजे र सुनसरीको इनरुवा नगरपालिका ४ की ४९ वर्षे महिलाको आज सोमबार बिहान २ बजे उपचारका क्रममा मृत्यु भएको हो । ७२ वर्षे मृतक महिलामा निमोनियाको समस्या देखिएको थियो भने सुनसरीकी ४९ वर्षे महिलामा उच्च रक्तचाप आदिको समस्या थियो ।
सोमबार बिहान ११ बजेको समयमा बुढिगंगा स्थित विराट मेडिकल कलेजमा पनि ३७ वर्षे महिलाको मृत्यु भएको थियो । योसँगै पछिल्लो २४ घण्टामा कोरोनाका कारण प्रदेश १ मा तीन जना महिलाको मृत्यु भएको छ ।