नेप्सेमा झिनो सुधार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ३ अङ्कले वृद्धि भई एक हजार ५७५.१८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.१२ ले वृद्धि भई ३१३.६२ मा पुगेको छ । कूल १८८ कम्पनीको ९२ लाख २३ हजार ७ सय १२ कित्ता शेयर रु. दुई अर्ब ७४ करोड २७ लाख ९५ हजार ६ सय ९२ मुल्यमा खरिद बिक्री भएको छ ।

आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १९.४१, विकास बैंक २५.८८ र वित्त २८.६६ बिन्दुले बढेको छ । यस्तै होटल ९६.६५, जलविद्युत ५२.३७, निर्जीवन बीमा ७०.११, उत्पादन २.१७, अन्य १०.३६, लघुवित्त १३.८१, जीवन बीमा ५६.२६ र सामूहिक लगानी कोष ०.१ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज रिलायन्स लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १९ करोड ४७ लाख ६४ हजार ५ सय १६ बराबरको कारोबार भएको छ । यस्तै नेपाल पुर्नबीमा कम्पनी रु. १६ करोड २९ लाख ४० हजार १ सय ९७, नेपाल बैंक लिमिटेड रु. १४ करोड २० लाख ६५ हजार ९ सय २५, सिभिल बैंक लिमिटेड रु. सात करोड ५० लाख ५० हजार ३ सय ३४, अरुण काबेली पावर रु. ७ करोड ३६ लाख ५० हजार ५ सय ९९, नबिल बैंक रु. ६ करोड ४१ लाख ८ हजार ४६ र कुमारी बैंक लिमिटेड रु. ६ करोड १६ लाख ९८ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

कारोबारका आधारमा आज खानी खोला हाइड्रोपावर १०, रिलायन्स फाइनान्स ९.६६, सप्तकोशी डेभलपमेन्ट बैंक ९.६३, घलेम्दी हाइड्रो ९.३८, सेन्ट्रल फाइनान्स ९.३५ र गुह्येश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ८.९७ प्रतिशतले कमाएका छन् । त्यस्तै, आजदेखि कारोबार शुरु भएको लिवर्टी ईनर्जी र हिमला दोलखा हाइड्रो पावरका लगानीकर्ताले समान १० प्रतिशतले गुमाउँदा हिमालयन ऊर्जा ९.९३, पाँचथर पावर कम्पनी ९.८२, जोशी हाइड्रोपावर ९.७३ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ९.५७ प्रतिशतले गुमाएका छन् ।

उता नेपाल स्टक एक्सचेञ्जले शेयर बजारमा प्रभाव पार्ने सूचना प्रवाह गरेको भन्दै सोमबार बिहानसम्म स्पष्टीकरण पेश गर्न सिभिल बैंक लिमिटेडलाई पत्र काटेको छ ।

आइतबार, ०४ असोज, २०७७, साँझको ०७:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर