कांग्रेस मोरङको कोभिड–१९ अनुगमन समिति संयोजकमा खरेल

विराटनगर । नेपाली कांग्रेसले कोभिड–१९ अनुगमन समिति मोरङको संयोजकमा विराटनगरका पत्रकार शंकर खरेललाई तोकेको छ ।

उक्त समितिले कोरोनाबाट पीडितहरुको अवस्था, स्थानीय तथा प्रदेश सरकारले गरिरहेको कामबारे अनुगमन गर्ने र मोरङ जिल्ला पार्टी तथा केन्द्रमा रिपोर्ट पठाउने छ ।

नेपाली कांग्रेसले केन्द्रमा प्रकाशशरण महतको नेतृत्वमा कोभिड–१९ अनुगमन समिति निर्माण गरेको थियो । उक्त समिति ७७ वटै जिल्लामा गठन भइसकेको खरेलले जानकारी दिनुभयो ।

यो अनुगमन समितिले भेदभाव नगरी समस्यामा परेको सबै जनताको विषयमा अनुगमन गरी केन्द्रीय अनुगमन समितिलाई रिपोर्ट दिने र सोही रिपोर्टका आधारमा कांग्रेसले सरकारको ध्यानाकर्षण गराउने छ । ‘मलाई अनुगमन समितिको संयोजक चयन गरेको पत्र पाएको छु,’ खरेलले भन्नुभयो, ‘यो विशुद्ध सामाजिक सेवाका लागि गठन भएको समिति हो ।’

शनिबार, ०३ असोज, २०७७, साँझको ०७:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर