वैश्य युवा संघद्वारा वृद्धाश्रमलाई सहयोग

विराटनगर । नेपाल वैश्य युवा संघ मोरङ्गले विराटनगरस्थित विराटेश्वर वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।

शनिबार बिहान ११ बजे वृद्धाश्रममा नै एकमार्फत नेपाल वैश्य युवा संघ मोरङ्ग र महिला शान्ति, अनुसन्धान तथा विकास केन्द्र (वपरडेक)ले ३ बोरा चामल, १ बोरा दाल, १ कार्टुन खानेतेल, ५ प्याकेट नुन, २ कार्टुन चाउचाउ, ५ किलो चिउरा, १ बोरा आलू, १ बोरा प्याज, २ बोरा भुजा, ३ कार्टुन फ्रुटी, ५ दर्जन विस्कुट, ५ प्याकेट हर्लीक्स, ५ डब्बा गुलकोज र हरियो सब्जी, सर्फ एक बोरा र मसाला लगायतका खाद्य सामग्री वितरण गरेको हो ।

सो समूहले १ सय ५० थान माक्स र केहि स्वास्थ्य सामाग्री पनि वितरण गरेको छ । सो समूहले वृद्धा आश्रमका संचालक जगत आर्याललाई उक्त सामाग्री हस्तान्तरण गरेको हो । वृद्धाश्रममा खानाको अभाब नहोस् भन्ने उद्देश्यले खाद्यान्न सम्रागी उपलब्ध गराएको नेपाल वैश्य युवा संघ मोरङका अध्यक्ष गणेश कुमार साहले जानकारी दिनुभयो ।

उक्त खाधयान्न समग्री हस्तान्तरण कार्यक्रममा संघका उपाध्यक्ष दिपेन्द्र स्वर्णकर, कोषाध्यक्ष डा. शिवशंकर साहलगायतको उपस्थिति थियो । खाधान्न सामाग्री वितरण कार्यक्रममा सहयोग गर्ने व्यक्तिहरु गणेशकुमार साह, डा.शिवशंकर साह, डा.बालकृष्ण साह, दीपेन्द्र स्वर्णकार, अमृतकुमार साह, सन्तोष साह, रामकुमार चौधरी, सियाराम रौनियार, सन्तोष साह हलुवाइ, अशेश्वर साह, विकास लालवानी, प्रेमनाथ गुप्ता, शिवनारायण गुप्ता, पवन साह, पवनकुमार साह, मनोजकुमार हलुवाइ, प्रदीपकुमार दास तथा महिला उत्थान अनुसन्धान विकास केन्द्र (वपरडेक)की अध्यक्ष सन्जुकुमारी साह रहेका छन् ।

शनिबार, ०३ असोज, २०७७, साँझको ०६:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर