मृगौलापीडित टिकाकुमारी बस्नेतद्वारा सहयोगको याचना

विराटनगर । दुवै मृगौला फेल भएर उपचाररत उदयपुरको चौदण्डीगढी नगरपालिका ९ की ३१ वर्षीय टिकाकुमारी बस्नेत थापाले सहयोगको याचना गरेकी छन् ।

दुवै मृगौला फेल भएपछि पीडित भएकी टिका कुमारीले मृगौला प्रत्यारोपणको लागि सहयोगको याचना गरेकी हुन् । दुवै मृगौला फेल भएपछि उनी तीन वर्षदेखि उपचाररत छिन् । ‘२८ वर्षको उमेरमा मृगौला फेल भयो । काठमाडांैका सबै अस्पताल चहारेँ, पैसा सकियो रोग निको भएन,’ उहाँले भन्नुभयो, ‘मृगौला प्रत्यारोपण गर्न सके बाँच्ने चिकित्सकले भन्नुभएको छ । यसको लागि खर्चिलो हुने रहेछ । सहयोग पाए उपचार गरेर बाँच्ने रहर छ ।’

सरकारले मृगौला पीडितको डायलिसिस गर्दा शुल्क नलाग्ने भनेपनि महँगोमा इन्जेक्सन र औषधी किन्नुपरेको उहाँको गुनासो छ । ‘सरकारले निःशुल्क डायलिसिस हुन्छ भनेको छ । तर, औषधी र इन्जेक्सन किन्दा हप्तामा पाँच हजारभन्दा बढी खर्च हुन्छ’, उहाँले भन्नुभयो, ‘अहिलेसम्म १५ लाखभन्दा बढी खर्च भइसक्यो । रोग जाति हुन सकेको छ्रैन ।’ आफू रोगी भएपछि जीवन भरी साथ दिने भनेर विवाह गरेको श्रीमानले पनि छोडेको टिकाकुमारीले बताइन् । ‘अहिले ६ वर्षकी छोरी रहेको छ । श्रीमान् तेजबहादुर थापा वैदेशिक रोजगारमा हुनुहुन्छ,’ टिकामायाले भन्नुभयो, ‘आफूलाई रोगलागेपछि श्रीमान अहिले सम्र्पकबिहीन हुनुभयो । यस्तो अवस्थामा साथ दिनुपर्नेमा श्रीमान् लापता हुनुहुन्छ । फोन गर्दा काटिदिने गर्न थाल्नुभएको छ ।’

अहिले टिकाकुमारीले विराटनगरस्थित नोबले अस्पताल डाइलेसेक्स गर्दै आएकी छिन् । अध्ययन गर्न विराटनगरमा बसोवास गर्दै आएकी भतिजी छोरी कतिवा थापाको डेरामा बसेर उपचार गर्दै आएकी छिन् । ‘घरमा आम्दानी छैन, काकीको आफ्नो कमाई छैन । डायलिसिस गर्न पनि गाह्रो भएको छ,’ छोरी कविताले भनिन्, ‘काकीको मृगौला प्रत्यारोपण गरेर बचेको हेर्ने इच्छा छ ।’

टिकाकुमारीको माइतीले पनि उपचारमा धेरै पैसा खर्च गरिसकेका छन् । उनीहरूले उपचारका लागि धेरै सरकारी निकाय र संघसंस्था धाए पनि सहयोग नपाएको गुनासो गरेको छ । टिकाकुमारीले उपचारमा सहयोगको लागि देश विदेशमा रहनुभएका सबैमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ । उहाँको सम्र्पक नम्बर ९८१५७०७२८३ रहेको छ भने सानीमा बैंकको खाता नम्बर ०६७०११०९००००२ रहेको छ ।

शनिबार, ०३ असोज, २०७७, दिउँसोको ०३:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर