बालिका खड्काले मुख्यमन्त्री राई विरुद्धको मुद्दा फिर्ता लिइन्

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको श्रीमती कायम गर्न माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने बालिका खड्काले अन्ततः मुद्दा फिर्ता लिएकी छिन् ।

दोलखाकी नेकपा कार्यकर्ता खड्काले मुख्यमन्त्री शेरधन राईविरुद्ध आफूलाई यौन दुर्व्यवहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश र श्रीमती भएको दाबी गर्दै मुद्दा दर्ता गरेकी थिइन् ।

आफूले अरुको उक्साहटमा परेर त्यस्तो आरोप लगाएको भन्दै वालिकाले आज अदालतमा मुद्दा फिर्ताका लागि निवेदन दिएकी छन् । युवतीको निवेदन र मुद्दा फिर्ताको कागज गरी बुझाएपछि जिल्ला अदालत काठमाडौंले राई विरुद्ध लागेको अंश मुद्दा खारेज गरी लगत कट्टा गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले अंश चलनको मुद्दा फिर्तासम्बन्धी आदेश दिएको हो । ‘म आफू अरुको दुरुत्साहनमा परी शेरधन राईकी श्रीमती भनी दाबी गरी अंश माग गरिएको हो,’ खड्काले दर्ता गरेको निवेदनमा उल्लेख छ ।

उनले नेकपा नेता कृपासुर शेर्पाको उक्साहटमा आफूविरुद्ध मुद्दा हालेको मुख्यमन्त्री शेरधन राईको दाबी छ । आफूमाथि गलत आरोप लगाएको भन्दै मुख्यमन्त्री राईले खड्काविरुद्ध र नेता कृपाशुर शेर्पा विरुद्ध पार्टीमा तथा तत्कालीन आइजीपी सर्वेन्द्र खनालसमक्ष पनि उजुरी गरेको बताइएको छ ।

बुधबार, ३१ भदौ, २०७७, रातीको ०८:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर