विराटनगर । मोरङमा २५४ जना श्रवणदृष्टिबिहीन रहेको पाइएको छ । जसमध्ये १४८ जना महिला र १ सय ६ जना बालवालिका रहेका छन् ।
देशभरीमा २०६८ सालको जनणना अनुसार ९ हजार ७ सय १४ जना श्रवणदृष्टिबिहीन रहेको कोशी बहिरा संघले जनाएको छ ।
जिल्लामा रहेका ऋवण दृष्टिबिहीनहरू शिक्षा र स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेकोको कोशी बहिरा संघकी दोभासे सुनिता तिवारीले बतायनुभयो । ऋवण दृष्टिबिहीनहरूलाई शिक्षा र स्वास्थ्यमा पहुँचमा ल्याउन तीन तहको सरकारले भूमिका खेलिदिनुपर्नेमा उहाँको जोड छ ।
ऋवण दृष्टिबिहीन भएकाहरूलाई अहिले फिजियोथेरापीसँगै शिक्षाको पहुँचमा पु¥याउन काम परियोजनामार्फत गर्दै आएको कार्यक्रम संयोजक प्रशान्त दुलालले बताउनुभयो । उहाँका अनुसार अहिले ११ जना ऋवण दृष्टिबिहीन भएका बालवालिकाहरूलाई परियोजामार्फत फिजियोथेरापीसँगै शिक्षाको पहुँचमा पु¥याउन काम भइरहेको छ ।
अहिले कोभिड १९ गर्दा प्रत्यक्ष रुपमा ऋवणदृष्टिबिहीन भएका बालवालिकाहरू भेटेर थेरापी गराउन नसकेपछि अनलाइनको माध्यबाट गराउँदै आएको संस्थाले जनाएको छ । कोशी बहिरा संघका कोषाध्यक्ष जीवन दाहालले ऋवण दृष्टिबिहीनहरूलाई राज्यले विशेष पहल गरेर शिक्षा र स्वास्थ्यमा बजेट बिनियोजन गरि कार्यक्रम संचालन गरिदिनुपर्ने माग राख्नुभयो ।
‘अहिले धेरै ऋवणदृष्टिबिहीनहरू शिक्षा र स्वास्थ्यको पहुच भन्दा बाहिर रहेका छन्,’ कोशी बहिरा संघका कोषाध्यक्ष दाहालले भन्नुभयो, ‘स्थानीय, प्रदेश र संघीय गरि तीन तहको सरकारले ऋवण दृष्टिबिहीन शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गरिदिनुपर्दछ ।’