नेकपाद्वारा विराटनगर ९ र १० मा पनि राहत वितरण

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपा विराटनगर महानगर कमिटीले संक्रमित परिवारसँग भेटघाट र सहयोग अभियानलाई निरन्तरता दिएको छ ।

कोरोना संक्रमण भएपछि परिवार क्वारेन्टाइनमा बस्नुपर्ने र समाजका अन्य सदस्यहरुले संक्रमितलाई सहयोग नगर्ने बरु भेदभाव गर्ने प्रवृत्ति विरुद्ध सामाजिक सचेतनासहित नेकपा विराटनगरले साउन महिनादेखि सचेतना तथा सहयोग अभियान अघि बढाएको हो ।

नेकपाले विराटनगरको वडा नम्बर १० का होम आइसोलेसनमा बसेका १६ जना सहित ५८ जनालाई भेटघाट गर्दै आयुर्वेदिक औषधि तथा अन्य पौष्टिक आहार प्रदान गरेको छ ।

यस्तै वडा नम्बर ९ का ४६ जना कोरोना संक्रमण भएर निको भएकाहरुलाई पनि भेटघाट गरी औषधि तथा अन्य पौष्टिक आहार प्रदान गरिएको नेकपा विराटनगरका अध्यक्ष सागर थापाले बताउनु भयो ।

नेकपा विराटनगरले आयुर्वेदिक जडिबुटी समिश्रित अमृत चिया, च्यावनप्रास, गेडागुडी आदि सामग्री संक्रमित परिवारलाई उपहारस्वरुप हस्तान्तरण गरेको हो । नेकपा महानगर कमिटीका कार्यलय सदस्य सारदा मैनालीले सम्वन्धित परिवारहरुलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभयो ।

त्यस क्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा विराटनगर कमिटीका अध्यक्ष सागर थापा, सचिव हेम कार्कीसहित विराटनगर १० का वडा अध्यक्ष, पदाधिकारी तथा नेता कार्यकर्ताहरुको उपस्थित थियो । नेकपा विराटनगर कमिटीले यसबीचमा महानगरपालिकाका करिव ८०० संक्रमित परिवारसँग भेटघाट र सहयोग गरेको छ । अभियान थप केही दिन जारी राख्ने जानकारी दिनुभयो ।

बुधबार, ३१ भदौ, २०७७, दिउँसोको ०१:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर