लोड हुँदैछ...

मेनु

असोज १ देखि सार्वजनिक यातायात, होटल र हवाई उडान खुल्ला

असोज १ देखि सार्वजनिक यातायात, होटल र हवाई उडान खुल्ला

विराटनगर । सरकारले असोज गतेदेखि लामो दूरीका सवारी चलाउन दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिनुभएको छ।

मन्त्री ज्ञवालीका अनुसार सवारी चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइनेछ। तर, यात्रु राख्दा सिट क्षमताको ५० प्रतिशत मात्र राख्न पाइनेछ ।

एउटा लहरमा एक जना मात्र यात्रु बसाउनुपर्नेछ । यात्रुहरूले अनिवार्य मास्क लगाउनु पर्ने तथा ढोका र गाडीभित्र स्यानिटाइजरको व्यवस्था गरेको हुनुपर्नेछ। यससम्बन्धी थप मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो।

यस्तै अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।

हवाई भाडादरबारेको निर्णय भने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गर्नेछ। जहाजमा यात्रा गर्दा कम्तीमा ७२ घण्टाअघिको पिसिआर रिपोर्ट अनिवार्य गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।