सुशासन व्यवस्थापन नियमावली पारित

विराटनगर । प्रदेश सरकार मन्त्रिपरिषदको मंगलबार बैठक बसेको छ । बैठकले सुशासन सम्वन्धी नियमावली र अत्यावश्यक सेवा सम्वन्धी कार्यविधि पारित गरेको छ ।

एक वर्ष अघि प्रदेश सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन पारित भएपनि नियमावली बन्न नसक्दा ऐन कार्यान्वयनमा आउन सकेको थिएन । नियमावली पारित भएसँगै ऐन कार्यान्वयन हुने प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले बताउनुभयो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट विपद् व्यवस्थापन ऐन अन्तरगत अत्यावश्यक सेवा सञ्चालन तथा व्यवस्थापन सम्वन्धी कार्यविधि पारित गरेको मन्त्री कार्कीले जानकारी दिुनुभयो ।

मङ्गलबार, ३० भदौ, २०७७, साँझको ०५:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर