उद्योगी सारडालाई कोरोना संक्रमण

विराटनगर । विराटनगरका उद्योगी तथा नेपाली काग्रेंसका केन्द्रीय सदस्य पवन सारडालाई कोरोना संक्रमण भएको छ ।

केही दिन अघि हल्का ज्वरो आएपछि घरमै एकान्तबास बस्नु भएका उद्योगी सारडाको स्वाब परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको हो ।

उद्योगी सारडाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र ज्वरो, खोकी लगायत कुनैपनि लक्षण नरहेको बताउनुभएको छ । कोरोना संक्रमण फैलिएसँगै भेटघाट सीमित गर्नुभएका उहाँसँग नियमित भेट हुने चारपाच व्यक्तिमध्ये एक जनालाई ज्वरो आएपछि संक्रमणको आशंका भएको उहाँले बताउनुभयो ।

 

सोमबार, २९ भदौ, २०७७, साँझको ०५:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर