मन्त्री घिमिरेको कोरोना रिपोर्ट पुनः पोजेटिभ

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुनः पोजेटिभ आएको छ ।

कोरोना लक्षण देखिएको दुईसाता पछि बिहीबार गरिएको पीसीआर परीक्षण रिपोर्ट आज पुनः पोजेटिभ आएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरु हराउँदै गएकाले पुनः परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री घिमिरेको स्वकीय सचिवालयले जनाएको छ । रुघाखोकी, जिउदुख्ने लक्षण बाहेक डाईरिया, टाउको दुख्ने, ज्वरो जस्ता समस्या समाधान हुँदै गएको प्रमुख स्वीकय सचिव तिलकबहादुर बस्नेतले बताउनुभयो ।

बस्नेतका अनुसार मन्त्री घिमिरेको रक्तचाप र अक्सिजनको मात्रा सामान्य छ । मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनुअघि देखि नै उहाँलाई सामान्य लक्षणहरु देखिएपछि भदौ १३ गते साँझदेखि होम आईसोलेसनमा रहनु भएको थियो ।

शुक्रबार, २६ भदौ, २०७७, बिहानको १०:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर