मोरङमा दुईवटा कर्मचारी संगठनबीच एकता

विराटनगर । मोरङका दुई कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रबीच एकता भएको घोषणा भएको छ ।

एकतापछि संगठनको नाम छाप लोगो झण्डालगायत नेपाल राष्ट्रिय कर्मचारी संगठनको प्रयोग हुने उनीहरुले जनाएका छन् ।

एकता पश्चात् गठित समितिको अध्यक्षमा बसन्त प्रधानाङ्ग चयन हुनु भएको छ भने बरिष्ठ उपाध्यक्षमा मणि पोखरेल चयन हुनु भएको छ। प्रधानाङ्ग नेपाल राष्ट्रिय कर्मचारी संगठन मोरङका अध्यक्ष हुन् भने पोखरेल राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रका तत्कालिन अध्यक्ष हुन् ।

अन्य पदाधिकारीमा उपाध्यक्षमा श्याम सुब्बा, सचिबमा अर्जुन तिम्सिना , सहसचिब रत्न चौलागाईं, कोषाध्यक्ष अर्जुन दुलाल, सहकोषाध्यक्ष दिपक राया चयन हुनुभएको छ । ३१ सदस्यीय जिल्ला कार्य समिति चयन भएको हो । यस्तै ऊत्तम श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।

आधिकारिक ट्रेड युनियनको निर्वाचन नजिकिएसँगै दुई संगठन एक हुँदै निर्वाचन अभियानमा जुटेका हुन् ।

कर्मचारी भित्रका सबै खाले उत्पीडन र बिभेदको अन्त्य गर्दै प्रस्तावित निजामती सेवा ऐनको कतिपय प्रावधानले कर्मचारीलाई अन्यायमा पार्न खोजेकोले सच्याउन नेपाल सरकारसँग जोडदार माग गर्ने, अस्थायी ज्यालादारी र करार कर्मचारीको समस्या दीर्घकालिन हल गर्नु पर्ने, कर्मचारी कल्याणकारी कार्यक्रम ल्याउनु पर्ने, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई बिना भेदभाव उच्च मनोबलका साथ कार्यस्थलमा काम गर्ने वातावरण निर्माण गर्नु पर्ने र कर्मचारी सम्बन्धि नीति निर्माणका क्रममा प्रदेश र स्थानीय तहका कर्मचारीको प्रतिनिधित्व अनिवार्य गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय पनि संगठनले गरेको छ।

भेलालाई मिलन केन्द्रका तर्फबाट केन्द्रीय सदस्य डिल्ली अधिकारी तथा नेराकस निजामती प्रदेश १ का अध्यक्ष रुद्रप्रसाद सुवेदी, केन्द्रीय सदस्य भोजराज निरौला तथा प्रदेश सहसचिव तथा मोरङ ईन्चार्ज रेवती ढुङ्गानाले संयोजन गर्नु भएको थियो ।

आगामी २०७७ भाद्र २६ गतेदेखि सम्पूर्ण शक्ति निर्वाचन परिचालनमा केन्द्रित गरिने र सानदार रुपमा बिजय हुने एकीकृत संगठन मोरङ ईन्चार्ज रेवती ढुङ्गानाले बताउनु भयो । कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन आगामि असोज २४ गते गर्ने गरि नेपाल सरकारले तयारी गरेको छ।

बुधबार, २४ भदौ, २०७७, साँझको ०७:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर