विराटनगर । कोरोना संक्रमणको चेन ब्रेक गर्न भन्दै काठमाण्डौ उपत्यकामा घोषणा गरिएको तीन साता लामो निषेधाज्ञा भोलीदेखि खुकुलो हुने भएको छ ।
सार्वजनिक सेवा, आर्थिक क्षेत्र र दैनिक जनजीवनमा समस्या उत्पन्न हुनथालेपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले बिहीबारदेखि निषेधाज्ञा खुकुलो गर्दै सेवा सुचारु गर्ने सूचना प्रकाशन गरेका छन् । प्रशासनबाट जारी सूचना अनुरुप अब उपत्यकाका व्यापार व्यवसायहरु स्वास्थ्य मापदण्ड पालना गरी सुचारु हुनेछन् ।
उपत्यकामा अब धेरै भिडभाड हुने क्षेत्र बाहेक सबै खुला हुनेछन् । जोरबिजोर प्रणाली अनुसार १६ सिट क्षमता भन्दा बढीका सार्वजनिक सवारी साधन पनि भोलिबाटै चल्ने बताइएको छ । साना निजी सवारी साधन जोरबिजोर प्रणाली अन्तरगत सञ्चालन भएपनि माइक्रो, ट्याक्सी तथा टेम्पोको हकमा भने सूचनामा स्पष्ट पारिएको छैन ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।