लर्ड बुद्ध कलेजले २ सय विद्यार्थीलाई शत प्रतिशत छात्रवृतिमा पढाउने

विराटनगर । विराटनगर–१० मा अवस्थित रहेको लर्ड बुद्ध कलेजले कक्षा ११ मा पढ्ने २०० जना बिद्यार्थीलाई १००% छात्रवृतिमा पढाउने घोषणा गरेको छ ।

न्यूरो हस्पिटलद्वारा सञ्चालित लर्ड बुद्ध कलेजले एक कार्यक्रमको आयोजना गरि यस शैक्षिक शत्रमा सत प्रतिशत स्कलरसिप सहित २०० जना बिद्यार्थीलाई पढाउने घोषणा गरेको हो । एसईईमा ३.८५ वा सो भन्दा माथि जिपिए सहित उत्तीर्ण भएको विद्यार्थीहरुलाई कलेजले शत प्रतिशत छात्रवृत्तिमा पढाउने कलेजका म्यानेजिङ डाईरेक्टर राजेश भट्टराईले बताउनुभयो ।

कोरोनाको महामारीका बेला पनि विद्यार्थीहरु माझ शिक्षाको पहुँच सम्भव होस भन्ने उद्देश्यका साथ शतप्रतिशत छात्रवृतिको आव्हान गरिएको कलेजका प्राधानाध्यापक सरोज भट्टराईले जानकारी दिनुभयो । कलेजले शतप्रतिशत छात्रवृत्तिको घोषणा सँगै विद्यार्थीहरुको भर्ना प्रक्रिया पनि अगाडि बढाईसकेको छ । दुर शिक्षा नामक छात्रवृतिमा ‘फर्स्ट कम फर्स्ट बेसिस’ प्रणाली अनुसार विराटनगरमै पहिलो पटक लर्ड बुद्ध कलेजले २०० जना विद्यार्थीलाई शत प्रतिशत छात्रवृतिमा पढाउने भएको हो ।

विद्यार्थीहरुले विज्ञान र व्यवस्थापन संकायका लागी छात्रवृत्ति दाबी गर्न सक्ने जनाईएको छ ।

बुधबार, २४ भदौ, २०७७, साँझको ०५:२५ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर