लोड हुँदैछ...

मेनु

दलित बालिका घरभित्र छिरेको भन्दै कुटपिट

दलित बालिका घरभित्र छिरेको भन्दै कुटपिट

विराटनगर । दलित बालिका घरभित्र छिरेको भन्दै मोरङको उर्लाबारी–४, थापाडाँगीस्थित १२ वर्षीया बालिका फुलसरी मंग्रान्ती (सार्की) लाई निर्घात कुटपिट गरेका छन् ।

छिमेकी नन्नदाल श्रेष्ठको घरमा आइस जमेको पानी लिन बालिका पसेको भन्दै निर्घात कुटपिट गरेका हुन् । फुलसरीलाई छिमेकी नन्दलाल श्रेष्ठ, उनकी पत्नी निर्मला र २३ वर्षीय छोरा अम्बिरले २२ भदौमा कुटपिट गरेको बालिकाको आफन्त दुर्गाकुमारी रोकाले बताइन् ।

कुटपिटबाट बालिकाको शरीरभरि नीलडाम छ । कुटपिटमा संलग्नलाई प्रहरीले २३ वर्षीय अम्बिर श्रेष्ठलाई पक्राउ गरेको छ । पक्राउ परेका छोरा हुन् । इप्रका उर्लाबारीका प्रमुख इस्पेक्टर सुवास राईले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

घरभित्र दलित पसेको भन्दै अबोध बालिकामाथि श्रेष्ठ परिवारले निर्घात कुटपिट गरेको दुर्गाकुमारीले बताइन् । ‘६ वर्षीय नातिनी नुकुर लडेर चोट लागेको थियो । घाउ सेक्न फ्रिजमा जमेको आइस घरमा नभएपछि फुलसरीलाई ल्याउन छिमेकीको घरमा पठाएको थिए,’ दुर्गाकुमारीले भनिन्, ‘नानी कराएको सुनेपछि छुट्याउन छिमेकीको घरमा पुगेको थिए । यसरी सानो बालिकालाई कुटपिट गर्नु हुँदैन भन्दै छुट्याउन पुग्दा आफूमाथि पनि आइलागे ।’ दुई महिना अगाडि पनि श्रेष्ठ परिवारले ६ वर्षको नातिनी घरभित्र पसेको भन्दै कुटपिट गरेका थिए ।

‘छिमेकीमा बस्दा सानो कुरालाई किन झगडा गर्नु भन्दै त्यसबेला चुपचाप बसेका थियौ,’ उनले भनिन्, ‘अहिले आएर पुन बिगतको घटना दोहोरिएको छ ।’ फुलसरीको आमाबुबा बेपत्ता भएपछि दुर्गाले नै आश्रय दिइरहेकी छिन् । यता श्रेष्ठ परिवारले श्राद्ध भएकोले छिमेकी बालिका घरभित्र पसेकोले भनाभन मात्र भएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।