लोड हुँदैछ...

मेनु

कुलमानको पुनः नियुक्ति गर्नुपर्ने मागसहित प्रदर्शन

कुलमानको पुनः नियुक्ति गर्नुपर्ने मागसहित प्रदर्शन

विराटचोक। नेपाल विद्युत प्राधिकरणमा पुनः अर्को कार्यकाल पनि कुलमान घिसिङलाई नै नेतृत्व दिनुपर्ने माग गर्दै मोरङको बेलबारीमा प्रदर्शन भएको छ ।

उज्यालो नेपाल समर्थन बेलबारी नगर समाजले घिसिङलाई पुनः प्राधिकरणमा नियुक्ति गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो ।

घिसिङको कार्यकाल भदौ २९ गते सकिने भएकोले उनलाई अर्को कार्यकाल पनि प्राधिकरणमै काम गर्न दिनुपर्ने माग भएको हो । पुरानो बेलबारीको दुर्गा मन्दिरदेखि सुरु भएको स्थानीय सहभागी रहेको र्याली मालपोत चोक हुुँदै बजारसम्म पुगेको थियो ।

भौतिक दूरी कायम गर्दै युवाहरू ¥यालीमा सहभागी बनेका थिए । नेपाललाई लोडसेडिङमुक्त बनाएको र विद्युत प्राधिकरणलाई नाफामा लगेको भन्दै घिसिङको पक्षमा देशव्यापी समर्थन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।