प्रदेश १ मा सोमबार अहिलेसम्मकै धेरै १५५ जनामा कोरोना, ५२ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा गएको २४ घण्टामा १५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिले सम्मकै उच्च हो ।

सोमबार मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण देखिइको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा थप ५१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये २० महिला र ३१ पुरुष छन् । मोरङको रतुवामाईमा ५ पुरुष, बेलबारीमा ५ पुरुष, जहदामा १ महिला र २ पुरुष र धनपालथानमा ३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको इनरुवामा २४ महिला र १८ पुरुष, इटहरीमा ५ महिला र १० पुरुष, धरानमा ४ पुरुष, दुहवीमा २ पुरुष, रामधुनीमा १ पुरुष, गढीमा १ महिला र १ पुरुष, झापाको कन्काईमा ७ महिला र ६ पुरुष, विर्तामोड र बा¥हदशीमा १–१ पुरुष, पाँचथरको फिदिममा ६ पुरुष र उदपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार १७७ पुगेको छ । प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । मोरङको विराटनगर र बुढीगंगाका १–१ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या प्रदेशमा ४३ पुगेको छ ।

प्रदेश १ मा सोमबार ५२ जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ आईसोलेसन, चतराबाट ३१, वि.जेनरल अस्पताल आईसोलेसन हरिनगरबाट १०, विराट मेडिकल कलेज आईसोलेसनबा ५, कालिसदन आईसोलेसन विराटनगरबाट ४ र मारवाडी सेवा सदन आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ८९६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सोमबार, २२ भदौ, २०७७, दिउँसोको ०४:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर