लोड हुँदैछ...

मेनु

रुखको हांगाले लागेर ६ वर्षीय बालकको मृत्यु

रुखको हांगाले लागेर ६ वर्षीय बालकको मृत्यु

मोरङ । मोरङ धनपालथान–३ चेकाटोल बस्ने बिजय ऋषिदेबको ६ वर्षीय छोरा बसिकरण ऋषिदेबको रुखको हांगाले लागेर मृत्यु भएको छ ।

आज दिउँसो १२ बजे मृतक बालकका काका सुनिल ऋषिदेबले जंगलबाट रूखको हांगा ल्याई घरमा राख्ने क्रममा घरको आंगनमा खेलिरहेका बालकलाई एक्कासी लाग्दा उनी घाइते भएका थिए ।

घाइते बालकको कर्सिया अस्पतालमा उपचारको क्रममा दिउँसो पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सुनिल ऋषिदेब तत्काल फरार रहेकोले उनको खोजी भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।