लोकप्रिय बन्दै ‘फुड बैंक’

विराटनगर । युवाहरुको सक्रियतामा मोरङ पथरिशनिश्चरे–१० मा खाद्यान्न समस्यामा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ सुरु भएको खाद्यन्न जम्मा तथा वितरण गर्ने ‘फुड बैंक’ लोकप्रिय बन्दै गएको छ ।

कोरोना भाईरसको सङ्क्रमण बढ्दै गएपछि जारी गरिएको लकडाउनका कारण समस्यामा परेका परिवारलाई खाद्यन्न वितरण गर्न भदौ १२ बाट सुरु गरिएको फुड बैंकमा हालसम्म करिब ६ लाख मूल्य बराबर खाद्य सामाग्री संकलन भएको अभियानका आर्थिक संयोजक सुमन कुरुङ्बाङले बताउनु भयो।

उहाँले भन्नु भयो, ‘अहिलेसम्म हामिले संचालन गरेको फुड बैंकमा नगद साथै खाद्यन्न सामग्री गरि करिब कूल ६ लाख रुपैयाँ बराबरको खाद्यन्न्न संकलन भै वितरण गर्दै आईरहेका छौँ,’ जसमध्ये पथरीशनिश्चरे नगरपालिकाको वडा नम्बर १० सहित वडा नम्बर १, ४, ६, ९, ८ साथै छिमेकी नगरका गरि आईतबारसम्म कूल एक हजार छ सय परिवारलाई खाद्यन्न वितरण गरिएको छ ।

‘हामी छौं त केवल एक अर्काका लागि छौं’, ‘सकिन्छ दिएर जाउँ, सकिदैन लिएर जाउँ’ भन्ने नाराका साथ गरिमा अनलाइन टेलिभिजन, हाम्रो फाउण्डेसन, भूटानी शिविर व्यवस्थापन समिति, प्रतिभा समाज सुधार युवा क्लब, जेसिआई पथरी, हेम्स ईनटरटेनमेन, कञ्चनजंघा दैवी प्रकोप समिती,अन्नपूर्ण बोर्डिङ र टिचर क्लब पथरीशनिश्चरेको व्यवस्थापनमा ‘फुड बैंक’ स्थापना गरिएको हो ।

जुन अभियान देखेर देश विदेशमा रहनेले नगद तथा खाद्यान्न सामग्री उपलब्ध गराउने क्रम चलिरहेको छ । सक्नेले सहयोग गर्ने र नसक्नेले सहयोग लिएर जाने अवधारणामा यो बेला साँच्चै नै चुल्हो बल्न समस्या भएकोमा आफुलाई राहत मिलेको स्थानीय भिमकला लिम्बूले बताउनु भयो ।

सोमबार, २२ भदौ, २०७७, बिहानको १०:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर