विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) मोरङले हतियारसहित पक्राउ परेको भन्दै आफ्नो संगठनका सदस्य विकास महतोलाई कारबाही गरेको जनाएको छ ।
केहि दिन अगाडि प्रहरीले साविक अनेरास्ववियू मोरङ जिल्ला कमिटीका सचिवालय सदस्य तथा पूसेट क्याम्पस कमिटीका अध्यक्ष महत्तोलाई प्रहरीले हातहतियार सहित पक्राउ गरेको सार्वजनिक गरेको थियो ।
प्रहरीले पक्राउ गरी हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान गरिरहेको बताउँदै अनेरास्ववियू मोरङका संयोजक सन्तोष घिमिरे र सहसन्योजक टेेेेेकेनले शनिबार विज्ञप्ति प्रकाशित गर्दै महतोलाई कारबाही गरिएको स्पष्टोक्ति दिइएको छ ।
‘विकास महत्तो माथि लागेको आरोपको सम्बन्धमा प्रहरीले छानबिन गरिरहेको छ, प्रहरीलाई छानविन निष्पक्ष ढगंले गर्न र सकेसम्म चाँडो सम्पन्न गर्न आग्रह गर्दछौँ साथै प्रहरीको छानविनलाई थप सहज बनाउन विकास महत्तोलाई अर्को निर्णय नभएसम्मका लागि संगठनको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी गराउन चाहन्छौँ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस घटनाअघि पक्राउ परेका अभिषेक राय यसअघि पनि अपराधिक क्रियाकलापका संलग्न भएको आरोप लागेकोले यसअघि नै कार्वाही गरिसकेकाले राय संगठनको साधारण सदस्य समेत नरहेको जानकारी गराउँदछौं ।’
विज्ञप्तिमा सांगठनिक जीवनमा विभिन्न कार्यक्रम र भेटघाटका क्रममा तस्विरहरु लिइनु स्वभाविक भएको बताउँदै सोही तस्बिर प्रयोग गरी सामाजिक सञ्जाल र अनलाइनमा विभिन्न नेतासँग जोडेर प्रचार गर्नु गलत भएको उल्लेख छ ।
एउटा अनुशाशित संगठनमा त्यस्ता अपराधिहरूलाई जीम्बेबार निकायमा पुर्याउने र तिनको फुल माला अबिरले मख्ख पर्ने र तिनैलाई हर्ता कर्ता बनाउने कथित नेता सांसद र मन्त्री समेतलाई मिडियाले बहिस्कार अभियान चलाउदा राम्रो । उदांगो भैसके पछिको कार्बाहि पानी माथिको अोभानो बन्नु मात्र हो । त्यसले कुनै अर्थ राख्दैन ।