विराटनगर । विराटनगरकी एक जना सुस्तमनस्थितिका बालिकालाई जबजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले विराटनगर महानगरपालिका–५ का ३५ वर्षीय संजय राजवंशीलाई १४ वर्षीय सुस्तमनास्थितिका बालिकालाई करणी गरेको आरोपमा पक्राउ गरेको हो । ती बालिकाको घरमा कोही नभएको मौका छोपी राजवंशीले ४ भदौमा करणी गरेको प्रहरीले जनाएको छ । पीडितले मोरङ प्रहरीमा आएर जाहेरी दिएपछि राजवंशीलाई पक्राउ गरि अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।
४ भदौमा आमा बजार गएको बेलामा बालिका घरमै टिभी हेर्दै बसेकी थिइन् । आमा बजार गएको मौका छोपी टिभी हेर्दै गरेकी बालिकालाई राजवंशीले करणी गरेको पीडित परिवारले दिएको जाहेरीमा उल्लेख छ । ति बालिकाको विराटनगरस्थित कोशी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा पनि करणी भएको रिपोर्ट आएको प्रहरीले जनाएको छ ।