इटहरा । मोरङको रतुवामाई नगरपालिकाले भाद्र २२ गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको छ ।
पछिल्लो पटक समुदायस्तरमै कोरोना संक्रमण देखिएपछि नगरपालिकाले उक्त निर्णय गरेको हो । गत मंगलबार नगरपालिकाको २ र ४ नम्बर वडामा कार्यरत दुई जना प्रहरीमा कोरोना देखिएपछि झुर्किया बजार, आमबारी चौक र पैयामारी चौकबाट २०० मिटरसम्म पुर्ण रुपमा शिल गरी अन्य क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको हो ।
शिल गरिएको क्षेत्रका व्यापारी र संकास्पद व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा राखी स्वाब संकलन गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । बुधबार बसेको नगरपालिका स्तरीय कोरोना भाईरस रोकथाम नियन्त्रण प्रतिकार्य तथा व्यवस्थापन कार्यदलको बैठकले सिमा क्षेत्रमा पनि थप कडाई गर्ने निर्ण गरेको छ ।
बैठकले बिमा समिति मार्फत ५० प्रतिशत छुटमा हुने कोरोना बिमाको सिफारिस सम्बन्धित वडा कार्यालयबाट नि: शुल्क प्रदान गर्ने निर्णय पनि गरेको छ ।