विराटनगर । प्रदेश १ मा गएको २४ घण्टामा ९५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो परीक्षण गरिएकामध्ये ३० महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो परिक्षणमा मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा ६, धनकुटा र ते¥हथुममा २–२ र प्रदेश १ बाहिरका १ जनामा कोरोना देखिएको हो ।
मन्त्रालयका अनुसार विराटनगरमा थप ३३ जनामा संक्रमण देखिएको छ । विराटनगरका १३ महिला र २० पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । मोरङको सुन्दरहरैचामा ३ पुरुष, लेटाङमा २ महिला र १ पुरुष, कटहरीमा २ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुष र बुढीगंगामा १ महिलामा संक्रमण देखिएको छ ।
उता सुनसरीको धरानमा ४ महिला र १७ पुरुष, इटहरीमा १ महिला र २ पुरुष, बर्जु, भोक्राहा नरसिंह र स्थानीय तह नखुलेका १–१ पुरुष र देवानगञ्जमा १ महिलामा कोरोना देखिएको छ । झापाको कमल गाउँपालिकामा २ महिला र ४ पुरुष, विर्तामोडमा ४ महिला र १ पुरुष, अर्जुनधारामा १ पुरुष, संखुवासभाको खाँदबारीमा ५ पुरुष र मादीमा १ पुरुष, धनकुटाको शहिदभूमीमा १ पुरुष, धनकुटा नगरपालिकामा १ महिला, ते¥हथुमको म्याङलुङमा १ महिला र १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ६८० पुगेको छ । प्रदेशबाट बिहीबार ६० जना डिस्चार्ज भएका छन् । मारवाडी सेवा सदन आईसोलेसन केन्द्र, विराटनगरबाट १८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना, होम आईसोलेसनबाट ११ जना, कालिसदन आईसोेलेसन, विराटनगरबाट ७ जना, विराट मेडिकल आईसोलेसन केन्द्र, बुढीगंगाबाट ६ जना, रुम्झाटार आईसोलेसन केन्द्र, ओखलढुङ्गाबाट २, धाईजन आईसोलेसन केन्द्र, झापाबाट २ र वैजनाथपुर आईसोलेसन केन्द्र, विराटनगरबाट १ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७४७ पुगेको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७९० जनाको पीसीआर परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म ९३ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको छ ।