इटहरा । मोरङको रतुवामाई नगरपालिकामा नेपाल प्रहरीमा कार्यरत २ जनामा कोरोना संक्रमण देखिएको छ ।
विराटनगरस्थित जनस्वास्थ्य प्रयोगशालको ल्याबमा गरिएको परीक्षणमा मंगलबार दिउँसो आएको रिपोट अनुसार रतुवामाईका २ जना नेपाल प्रहरीमा कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमण देखिएका सुरक्षाकर्मीहरु नगरपालिकाको २ र ४ नम्बर वडामा कार्यरत थिए । कोरोनाको महामारी सुरु भए देखि नै संक्रमित सुरक्षाकर्मीहरु नियमित काममा खटिरहेका थिए ।
हालसम्म रतुवामाईमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार प्रहरीमा कोरोना देखिएपछि रतुवामाईमा पनि समुदायस्तरमै कोरोना संक्रमण देखिएको हो । यसअघिका सबै संक्रमित बाहिरबाट आएका हुन् । रतुवामाईमा हाल सम्म ७ सय बढीको कोरोना परीक्षण गरिएको छ ।