संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले प्रोत्साहन भत्ता पाएनन्

चैतयता प्रोत्साहन भत्ता नपाएपछि स्वास्थ्यकर्मीहरु चरणबद्ध संघर्षमा उत्रने तयारी गर्दै

विराटनगर । १५ साउनमा विराटनगरस्थित कोशी अस्पतालको ओपिडि इन्चार्जसहित दुई जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ओपिडी सेवा बन्द भयो ।

संक्रमितको सम्र्पकमा आएकाहरूको कन्ट्र्याक टे«सिङ गरी स्वाब संकलन र अस्पताल सेनिटाइज गरेको एक सातापछि अस्पतालको ओपिडी सेवा पुनः संचालनमा आयो । हालसम्म कोशीमा दुई जना डाक्टरसहित २२ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखियो । जसमध्ये ९ जना अस्पतालमा कार्यरत नर्स छन् ।

उनीहरू मध्ये कोशी अस्पतालको कोडिभ उपचार केन्द्रको आइसोलेसनमा बसेर संक्रमणमुक्त भई केही स्वास्थ्यकर्मीहरू पुनः काममा फर्किएका छन् । तर उनीहरुमा काम गर्ने जोस पहिलेको जस्तो छैन । किनभने कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले दिने भनेको प्रोत्साहन र जोखिम भत्ता उनीहरुले पाएका छैनन् ।

कोशी अस्पतालमा नेपाल सरकारतर्फको २ सय ४९ र विकास समितिको २६७ जनाको दरबन्दी हो । जसममध्ये कोशी अस्पतालमा ९२ जना डाक्टरसहित करिब पाँच सयको संख्यामा स्वास्थ्यकर्मी कार्यरत छन् । ‘काम गर्ने क्रममा संक्रमित भइयो । आइसोलेसनमा दुई साता बसेपछि रिपोर्ट नेगेटिभ आयो ।

त्यसपछि क्वारेन्टिनमा बसेपछि पुनः काममा फर्किएको छु,’ ती चिकित्सकले भने, ‘तर राज्यले हाम्रो कामको मूल्यांकन गर्न सकेको छैन ।’ कसरी गरेन त भन्ने प्रश्नमा ति चिकित्सकले भने, ‘सरकार आफैंले स्वास्थ्यकर्मीलाई प्रोत्साहन र जोखिम भत्ता दिने घोषणा ग¥यो । एक महिनाको पाइयो । त्यसयता अहिलेसम्म पाएको छैन । क्वारेन्टिनमा खट्दा जोखिम भत्ता दिने कुरा थियो, ४ महिना भइसक्यो । कहिले दिने ? कसले दिने ? दिने÷नदिने केहि अत्तोपत्तो छैन ।’

कतिपय स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएकोले अब क्वारेन्टिन र आइसोलेसनमा नखटिने चेतावनीसमेत दिएका छन् । कोशी अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले चिकित्सकको जोखिम भत्ताको लागि पहल गर्दै आएको बताउनु भयो । ‘चैत महिनाको जोखिम भत्ता आएको थियो,’ उहाँले भन्नुभयो, ‘त्यो हामी सबैलाई बाँडिदियौं । त्यसयता आएको छैन ।’

चार महिना बितिसक्दा पनि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले प्रोत्सान र जोखिम भत्ता नपाएपछि उनीहरूले कोशी अस्पतालका सुपरिटेन्डेन्ट डा. दासलाई संयुक्त रूपमा ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् । बुधबार अस्पतालका मेसुलाई भेटेर ज्ञापन पत्र बुझाउने तयारी गरेको एक स्वास्थ्यकर्मीले बताए ।

मङ्गलबार, १६ भदौ, २०७७, साँझको ०५:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर