युवाले गरे गाउँ नै सेनिटाइज

जहदा । मोरङको जहदा गाउँपालिकामा लक्ष्मीनिया युवा क्लब द्वारा सनिटाइज गरिएको छ।

जहदाका विभिन्न वार्डका भीडभाड हुने ठाउँ, सार्वजनिक स्थल, विद्यालय भवन, क्वारेन्टाइन, मठमन्दिर, चौकचौराहमा रहेको पसल, वडा कार्यालय समेत निर्मलीकरण गरिएको छ। कोरोना संक्रमितको घरसमेत सनिटाइज गरिएको छ।

जहदा गाउँपालिकाका मझारे प्रहरी चौकी, सिमा प्रहरी चौकी पोखरिया, इलाका प्रहरी कार्यालय फडानीसहित केहि स्वास्थ्य चौकी, र बुधनगर स्वास्थ्य कार्यालय समेत सनिटाइज गरिएको क्लबका उपाध्यक्ष अभिषेक साहले जानकारी दिनुभयो ।

लक्ष्मीनिया युवा क्लबद्वारा भदौ ५ गते जहदा–५ बाट सुरु गरिएको सेनिटाइज अभियान सबै वडा भ्याएर भदौ १३ गते सकिएको छ। विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई मध्य नजर गर्दै गाउँटोलमा समेत सेनिटाइज गरिएको हो ।

लायन्स कल्ब अफ बिराटनगर युनिकले गर्दै आएको सेनिटाइज कार्यक्रमबाट प्रभावित भएर जहदामा पनि गरिएको क्लबका अध्यक्ष नितेश साहले बताउनु भयो। ‘बिराटनगरमा गर्न सकिने तर जहदामा किन गर्न सकिँदैन ? आफ्नो गाउँ आफै बचाऊ भनेर पनि यो अभियान सुरु गरिएको हो,’ उहाँको भनाइ छ । मिति २०७७ साल भाद्र ४ गते लायन्स क्लब अफ बिराटनगर युनिकले लक्ष्मीनिया युवा कल्ब लाई सनिटाइज गर्ने समानहरु उपलब्ध गराएको थियो।

जहदा गाउँपालिका मा दिन प्रति दिन कोरोना भाइरस सङ्क्रमितको संख्या बढ्दै गएकोले जहदाका वरपरका विभिन्न चोक र वस्तिहरु लाई सेनिटाइज गर्न सहज होस भनेर लायन्स क्लब अफ बिराटनगर युनिकका उपाध्यक्ष नरेश खत्रीको सहयोगमा क्लबलाई सेनिटाइज कार्य अघि सार्न सेनिटाइज गर्ने मेसिन, २ जार केमिकल, १०० वटा सर्जिकल मास्क, २ सेट पिपिइ र फेस सिल्ड हस्तान्तरण गरिएको थियो ।

आइतबार, १४ भदौ, २०७७, साँझको ०६:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर