काठमाडौं । सरकारले तोकेको भन्दा कम मूल्यमा निजी क्षेत्रका प्रयोगशालाले कोरोना भाइरसको पिसिआर परीक्षण थालेपछि सरकारले पनि शुल्क घटाएको छ।
विश्व बजारमै परीक्षणका लागि चाहिने कीटहरूको उपलब्धता सहज र सस्तो भएकाले नेपालमा पनि शुल्क घटाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले पिसिआर परीक्षणको शुल्क अधिकतम ४ हजार ४ सय रुपैयाँ तोकिएको जानकारी दिनुभएको । यसअघि पिसिआर परीक्षणको लागि मन्त्रालयले ५ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो।
सरकारले निजी अस्पताल र प्रयोगशालाहरूलाई पनि सःशुल्क परीक्षणको अनुमति दिएको छ। अब ती अस्पताल र प्रयोगशालाहरूले पनि सरकारले तोकेको नयाँ शुल्क अनुसार नै परीक्षण गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
यसअघि प्रयोगशाला नभएका अस्पतालहरूले सरकारले तोकेको शुल्कको १० प्रतिशत थप शुल्क लिएर स्वाब संकलन गर्न पाउने भनिएकोमा अब बढि शुल्न लिन नपाइने भएको छ । अब अधिकतम् कुनैपनि अस्पताल वा प्रयोगशालाले ४ हजार ४ सय भन्दा बढी लिन नपाउने मन्त्रालयले जनाएको छ ।