मोरङ कारागारका बन्दीको मृत्यु

एक सातामा दुई जनाको ज्यान गयो

विराटनगर । मोरङ कारागारमा शनिबार एक बन्दीको मृत्यु भएको छ । चोरी मुद्धामा कारागारमा पुर्पक्षका लागि पठाइएका २६ वर्षे फुर्वासिंह तामाङको बिहान मृत्यु भएको हो ।

गत फागुन महिनामा पुर्पक्षका लागि कारागारमा थुनामा रहेका तामाङ सुन्दरहरैंचा ४ का बासिन्दा हुन् । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि कोशी अस्पताल लगिएका तामाङको त्यही मृत्यु भएको थियो । उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो । मत्युपश्चात उनको कोरोना परीक्षणका लागि स्वाब संकलन भएको र अहिले रिपोर्ट भने आइनसकेको कारागार प्रशासनले जनाएको छ ।

तीन दिन अघि मोरङ कारागारमै विराटनगर ४ का २६ वर्षे निराजश यादवको मृत्यु भएको थियो । मोरङ कारागारमा क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी रहेका कारण संक्रमण लगायत विभिन्न समस्या आउने गरेको छ ।

शनिबार, १३ भदौ, २०७७, दिउँसोको १२:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर