विराटनगर । नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर विराटनगरमा शुक्रबार अपरान्ह बिष्फोट भएको छ । नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५०० मिटर उत्तरमा रहेको राम अवतार मोटरर्स ग्यारेजमा ट्यांकर विष्फोट भएको हो ।
ठूलो आवाजमा बिष्फोट भएपछि नजिकका बस्टिका घरहरु भूकम्पले हल्लाए झैं हल्लिएको थियो भने विराटनगर ४ प्रगति टोलका दुई वर्षको शिशुसहित तीन जना बेहोससमेत भएको स्थानीय किर्तिराज कार्कीले जानकारी दिनुभएको छ । उहाँका अनुसार ग्यारेजमा काम गर्ने दुई जना मजदुरसमेत बेहोस भएका थिए । बिष्फोट पछि स्थानीय त्रसित भएका छन् ।
ग्यारेजमा पार्किङ गरिराखेको ना ४ ख ७१६६ नम्बरको ट्यांकर विष्फोट हुँदा पछाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ग्यारेज नजिकका केही घरको टिनको छानासमेत उप्किएको स्थानीयले जानकारी दिएका छन् । ट्यांकरमा इन्धन नभएको र खाली रहेको हुँदा ठूलो क्षति भने हुन पाएन ।
बस्तीको छेउमा मोटर ग्यारेज सञ्चालन गर्दा स्थानीयसँग सहमति नलिएको र ध्वनी र अन्य वातावरण प्रदुषण भएको भन्दै छ महिना अघि नै स्थानीयले ग्यारेज अन्यत्र स्थानान्तरण गर्न माग गर्दै वडा कार्यालय र विराटनगर महानगरपालिकालाई स्थानीयले आाग्रह गर्दै निवेदन दिएका थिए । तर वडा कार्यालयले चासो नदेखाउँदा ग्यारेज असुरक्षितरुपमा सञ्चालन भइरहेको थियो । शुक्रबारको घटनाले त्यहाँबाट तत्कालै ग्यारेज हटाउनु पर्ने भन्दै स्थानीयले दवाव दिएका छन् । उनीहरुले अब ग्यारेज सञ्चालन गर्न नदिने भन्दै तत्काल बन्द गर्न माग गरेका छन् ।
हाम्रो मधेश को गाउँ घरमा बाटो मै बिस्कुन सुकाउने, बसुभाउहरु कीलो मा बाँध्ने चलन छदै छ, ठीक यस्तै किसिम ले धरान जोगबनी रोड मा चार लेन को बाटो बनाए पनि बाटो को छेउ मा गाडी हरु पार्किंग गरेको प्रशस्त हेर्न पाइन्छ। एउटा गाउँमा बस्ने मान्छे को विचार र देश को ठूलो सहर बिराटनगर मा बस्ने मान्छे को विचारमा खासै भिन्नता देख्न सकिंदैन। बाटो जति चौडा बनाए पनि कब्जा गर्ने प्रथा कहिले अंत होला।