विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा बुधबार मोरङ कारागारका एक जना कैदीको मृत्यु भएको छ ।
लागूऔषध मुद्दामा मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका विराटनगर ४ का २६ वर्षीय निराजन यादवको मृत्यु भएको हो ।
क्षयरोगका विरामी रहेका उनमा स्वाश्वप्रश्वासमा समस्या भएपछि बुधबार ४ः १५ मा कारागारबाट अस्पताल पठाएको कारागारका जेलर सुवासकुमार लामिछानेले जानकारी दिनुभयो । अस्पतालको आइसोलेशनमा ल्याइपु¥याउँदा यादवलाई चिकित्सकले मृत घोषणा गरेको थिए ।
विरामीलाई अस्पतालमा ल्याइपु¥याउँदा मृत्यु भइसकेको अस्पतालका सुपरिटेन्टडेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो । मृतकको स्वाब संकलन गरि परीक्षणको लागि प्रदेश जनस्वास्थ्य ल्याबमा पठाइएको छ ।
यादव लागूऔषध मुद्दामा २०७६ चैत ११ गतेदेखि मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका थिए । २०७४ भदौ ६ गते मोरङ अदालतले यादवलाई लागूऔषध मुद्दामा २ वर्ष कैद सजाय तोकेको थियो । मोरङ कारागारमा बुधबारसम्म ९ सय २० जना कैदीबन्दी छन् ।
जेहोस गल्तीको सुधार छिटो हुदो रहेछ आधिि न्युज पढ्दा आस्पतालको सुपरिटेन्डेन्ट डाक्टर चुुमनलाल यादव भएको थियो सुधार गरेर दास बनाउनु भाेे खुुसि लाग््य्यो