एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वभर हरेक २४ घण्टामा ५ हजार ९ सयको मृत्यु भइरहेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार शुक्रबारसम्म लिइएको पछिल्लो दुई साताको आँकडाका आधारमा यो नतिजा निकालिएको हो ।

यो तथ्यांक अनुसार एक घण्टामा २४६ जना, प्रतिमिनेट ४.१ जना र प्रति १५ सेकेण्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ । जोन्स हापकिन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा १ लाख ७५ जनाको मृत्यु भएको छ । त्यसपछि ब्राजिल, मेक्सिको, भारत र ब्रिटेनमा मृत्यु भएको छ ।