इटहरी । सुनसरीमा शुक्रबार थप २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दुहबीका १ महिला र १० पुरुष गरी ११ जना, बर्जूमा २ महिला र २ पुरुषसहित ४ जना, इटहरीका ५ जना, कोसी गाउँपालिकामा १ जना, देवानगन्जका १ जना, इनरुवाका १ जना र धरानका १ महिला गरी जम्मा २४ जनामा कोरोना देखिएको हो ।
स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन सिर्जना लिङ्थेपका अनुसार सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय ९ पुगेको छ । अहिलेसम्म १ सय ८१ जना कोरोनामुक्त भएका छन् । बाँकी २ सय २८ जना उपचाररत रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरीमा पीसीआर विधिबाट १६ हजार ४१ जनाको कोरोना परीक्षण गरिएको छ ।

