लोड हुँदैछ...

मेनु

विराटनगरका छ पत्रकार कोरोनामुक्त

विराटनगरका छ पत्रकार कोरोनामुक्त

विराटनगर । विराटनगरका छ जना पत्रकार कोरोना मुक्त हुनुभएको छ । तीन दिन अघि दिएको स्वाब परीक्षणबाट उहाँहरु कोरोना मुक्त देखिनुभएको हो ।

कोरोना जित्ने पत्रकारहरुमध्ये पाँच जना उद्घोष दैनिकमा आवद्ध हुनुहुन्छ । पत्रकारहरु मोहन भण्डारीसहित कमल रिमाल, संजीव खनाल, बाबुराम भण्डारी, जितेन्द्र नारायण ठाकुर र दिनेश साह कोरोना मुक्त हुनुभएको हो ।

पाँच जना मध्ये दुई जना होम आइसोलेसनमा बसेर उपचार गर्नुभएको थियो भने चार जना बैजनाथपुर स्थित आइसोलेसन सेन्टरमा बसेर स्वास्थ्य लाभ गर्नुभएको छ । उहाँहरुलाई केही बेरमै आइसोलेसनबाट विदाई गर्ने तयारी भइरहेको छ ।

पत्रकारहरुलाई बिदाई गर्न विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली बैजनाथपुर पुगिसक्नु भएको  छ ।

2 प्रतिक्रियाहरू

2 प्रतिक्रियाहरू

नारायण यादव
August 20, 2020 2:20 PM

बधाई छ हाम्रा अग्रजदाईहरुलाई अबका दिनमा झन सचेत भई काम गर्नु हुने आशाा गर्दछु

ramlakhan thakur
August 20, 2020 4:25 PM

Good news. Very nice. I wish to cure other journalists affected by corona soon.

प्रतिक्रियाहरू बन्द छन्।