विराटनगर । विराटनगर महानगरपालिकाभित्र पछिल्लो २४ घण्टामा ५२ जना नयाँ संक्रमित थपिएका छन् । बुधबार थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै विराटनगर २ का छन् ।
विराटनगर २ मा ५ पुरुष र ४ महिला गरि ९ जना संक्रमण देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालययले जनाएको छ । विराटनगर ५ मा ५ पुरुष र ३ महिला गरि ८ जना संक्रमित पहिचान भएको छ । यस्तै विराटनगर ६ र ८ वडा भित्र ६÷६ जना, विराटनगर १५ मा ३ महिला र १ पुरुष गरि ४ जना र विराटनगर १३ मा ३ जनालाई संक्रमण देखिएको छ ।
यस्तै विराटनगर १, ३, ९, ११ र १७ वडामा २÷२ जना संक्रमित थपिएका छन् । विराटनगर ४, ७, १२, १४ र १६ मा १÷१ जना संक्रमित रहेका छन् । एक जना संक्रमितको वडा खुलेको छैन ।
बुधबार थपिएका संक्रमितसहित विराटनगर महानगरपालिकाभित्र संक्रमितको संख्या ७ सय ४३ जना पुगेको छ । विराटनगरभित्र ९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

