विराटनगर । मोरङको बुढिगङ्गा घर भएकी एक कोरोना संक्रमित महिलाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।
बिहान प्रतिष्ठानमा भर्ना भएकी बुढीगंगा– २ की ६५ वर्षिय महिलाको मङ्गलबार साझ मृत्यु भएको हो ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार अस्पतालको आकस्मिक कक्षमा उपचाररत महिलाकाे मृत्यु भएकाे हो । मुटु रोगको समस्या रहेकी उनमा श्वासप्रश्वास बढेपछि मंगलबार अस्पताल लगिएको थियो ।
ती महिलालाई साउन २५ गते विराट मेडिकल कलेजमा हुँदै २७ गते काेशी अस्तालमा भर्ना गरिएको थियो । कोशीमा कोरोना परिक्षण गर्दा नेगेटिभ रिपाेर्ट आएपछि उनलाई आफन्तले घरमै लगेका थिए ।
साेमबार स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले राती नै धरान लगेकामा काेराेनासँग मिल्दाे लक्षण देखिएकाेले पीसीआर जाँच गरियो । उनमा कोरोना पोजेटिभ देखिएको र लगत्तै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
यो सँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको छ । प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउको संख्या १६ पुगेको छ । जसमधे १२ जना मोरङका र ४ जना २ नम्बर प्रदेशका हुन ।