विराटनगर । मंगलबार नेपालमा कोरोना भाइरसको संक्रमण संख्याले रेकर्ड कायम गरेको छ । गएको २४ घण्टामा पहिलो पटक एक हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंका १३८, ललितपुर ५०, भक्तपुर १७, बिराटनगर ९६ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।

मंगलबार  १३,४६२ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ११४ पुगेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमित १०,५६३ जना रहेका छन् भने क्वारेन्टाइन मा १३,९२६ जना रहेका छन्।