मोरङमा ४४ सहित प्रदेश १ मा ८३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना संक्रमित थपिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २९ जना संक्रमित थपिएका छन् । थपिएकामध्ये १३ महिला र १६ पुरुष छन् । यस्तै बेलबारीमा ७ महिला र ३ पुरुष, बुढीगंगामा १ महिला र ३ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा १२ महिला र ६ पुरुष, गढीमा ४ पुरुष, इनरुवामा ४ पुरुष, देवानगञ्जमा ३ पुरुष, कोशी र रामधुनीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै झापाको दमकका ४ पुरुष, शिवसताक्षीका २ र कनकाईका १ पुरुष र जनकपुरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९२ पुगेको छ । प्रदेशमा सोमबार २४ जना कोरोनमुक्त भई डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट १७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट १ जना डिस्चार्ज भएका हुन् ।

प्रदेशमा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ९९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म कोरानोबाट १४ जनाको मृत्यु भएको छ । जसमध्ये १० जना मोरङका छन् भने ४ जना प्रदेश २ का छन् ।

सोमबार, ०१ भदौ, २०७७, दिउँसोको ०४:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर