लोड हुँदैछ...

मेनु

इलामको क्वारेन्टाइनमा युवकको मृत्यु

इलामको क्वारेन्टाइनमा युवकको मृत्यु

इलाम । भारतबाट आएर इलामको सूर्योदय नगरपालिकाको करफोकस्थित क्वारन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।

भारतको हैदराबादबाट आएर साउन २६ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका सूर्योदय नगरपालिका–९ घर भएका २२ वर्षीय युवकको आइतबार राति मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि उनको सूर्योदय नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको थियो । मृतकको पीसीआर परीक्षणको लागि स्वाब संकलन भएको भएपनि रिपोर्ट आइसककेो छैन ।

चार दिन अगाडि नै उनको स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाइएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।