मोरङमा ६२ सहित प्रदेश १ मा ९५ संक्रमित थपिए

विराटनगर । मोरङमा ६२ जनासहित गएको २४ घण्टामा प्रदेश १ मा ९५ जना कोरोना संक्रमित थपिएका छन् ।

शुक्रबार थपिएका संक्रमितमध्ये ७६ पुरुष र २८ जना महिला रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा २० पुरुष र १३ महिला गरि ३३ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै मोरङको रंगेलीमा १९ पुरुष र ९ महिला गरि २८ जना संक्रमित भेटिएका छन् भने सुन्दरहरैचामा १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरीमा १८ पुरुष र ४ महिला गरि २२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । सुनसरीको दुहबीमा ११ पुरुष र २ महिला, धरानमा २, इटहरीमा ३, खुसीमा ३, रामधुनी र देवागन्जमा १/१ जनामा संक्रमण देखिएको छ ।

उता झापामा ९ पुरुष र २ महिला गरि ९ जनामा संक्रमण पुष्टि भएको छ । झापाको भद्रपुरमा २ पुरुष, दमकमा ४ महिला र २ पुरुष तथा शिवसताधीमा १ पुरूषमा संक्रमण देखिएको छ । धनुषा र सिरहाको विष्णुपुरका १/१ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ । प्रदेशबाट शुक्रबार ३५ जना डिस्चार्ज भएका छन् । मेची अस्पताल झापाबाट १७ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएकाहरु झापाका १५, मोरङका १४, इलामका ४ र सुनसरीका २ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७५ पुगेको छ ।

 

शुक्रबार, ३० साउन, २०७७, दिउँसोको ०२:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर