विराटनगर । इलाका प्रहरी कार्यालय रानी विराटनगरमा कार्यरत एक जना प्रहरीसहित विराटनगर महानगरपालिकामा बुधबार १२ जना संक्रमित थपिएका छन् ।

विराटनगरमा देखिएका संक्रमितमध्ये इलाका प्रहरी कार्यालय रानीमा कार्यरत एक प्रहरी नायब निरीक्षक (सई)लाई पनि कारोना संक्रमण पुष्टि भएको हो ।

तेह्रथुम प्रहरीमा दरबन्दी रहेका उनले मंगलबार सरुवाको लागि रमाना बुझेका थिए । दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुम जानुभन्दा अगाडि कोरोना जाँचको लागि कोशी अस्पतालमा स्वाब दिएका थिए । बुधबार आएको रिपोट अनुसार कारोना पोजेटिभ आएको मोरङ प्रहरीले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगरमा बुधबार थपिएको १२ संक्रमितमध्ये विराटनगर ८ मा ३ जना, ११, १२ र १५ मा २÷२ जना संक्रमित रहेका छन् । यस्तै विराटनगर ९, ६ र १३ मा १/१ जना संक्रमित रहेका छन् । विराटनगरमा बुधबार देखिएको संक्रमित सबै पुरूष हुन् ।

योसँगै विराटनगरमा कोरानो संक्रमितको संक्रमितको संख्या ३५४ पुगेको छ ।